मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ « Khabarhub

मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो । यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ ।

ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ । यसलाई काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गर्न सकिन्छ ।

१. ल्वाङ अपच, अतिसार आदिमा प्रभावकारी हुन्छ ।
२. पाचन क्रियालाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।
३. वान्ता भएका बेला भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।
४. हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।
५. चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण आउँदै जान्छ ।
६. दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।
७. यसकालागि पाँच वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा उमाल्नुपर्छ । यसको काढा बनेपछि महमा मिलाएर दिनहुँ तीन पटकसम्म खानाले छातीमा जमेको कफ निस्कन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ५१ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको