शिक्षामन्त्री श्रेष्ठविरूद्ध रुपाले हालिन् सर्वोच्चमा मुद्दा « Khabarhub

शिक्षामन्त्री श्रेष्ठविरूद्ध रुपाले हालिन् सर्वोच्चमा मुद्दा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारकर्मी रूपा सुनुवारले मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा मुद्दा हालेकी छिन

उनलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।

उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संविधानको मौलिक हकहरुको चरम उल्लंघन गर्दै अभियुक्तलाई हिरासतमुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्त विपरीत सरकारी साक्षीको रुपमा रहेको पीडितको उचित संरक्षण गर्नुको सट्टा झन हतोत्साहित गर्ने उद्देश्यले गोपनीयताको हककाे समेत बर्खिलाप हुने गरी गरेको विपक्षीहरुको कार्यकाविरुद्ध अन्य वैकल्पिक उपचारको बाटो नहुँदा संविधानको धारा १३३(२) र (३) बमोजिमको आदेश जारी गरी पाऊँ ।’

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको समेत उनले आरोप लगाएकी छिन् ।

कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् ।

पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

यस्तो छ सर्वोच्चमा दायर गरेको निवेदन

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : २० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम