काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाइएको छ ।

अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ ।

सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ४९ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि