काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने « Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाइएको छ ।

अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ ।

सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ४९ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको