निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ७६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा प्रहरीले सो संख्यामा सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । जसमा ६ सय ३५ वटा गाडी र ४ सय ४१ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय २८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा १ हजार १ सय ८३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ३ सय २३ जनालाई सचेत गराइएको जनाइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : १५ बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक