स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाइने | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाइने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित भएका लिखित तथा प्रयोगात्मक परीक्षा अब सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको आइतबार बसेको बैठकले जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी लिखित परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाको हकमा परीक्षा सञ्चालन हुने भएको हो ।

परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालन हुने कुनै पनि हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिस भेला नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

एकै दिन २५ जना भन्दा बढी परीक्षार्थीहरु जम्मा हुने अवस्था भएमा सिफ्ट प्रणालीमा परीक्षा सञ्चालन गर्ने र परीक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थीहरुलाई प्रवेश गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी माक्स र सेनिटाइजरजको उचित प्रयोग गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ०१ बजे

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय