७८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

७८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६०८ कोरोना संक्रमितको आईसीयूमा र १८१ को भेन्टिलेटरमा गरी कुल ७८९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३१ जना आईसीयूमा र ४७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ७ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३४४ जना आईसीयूमा र १०६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६५ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ४५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान