२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ९, खोटाङमा २,  झापामा ४०, ताप्लेजुङमा १२, भोजपुर १,  मोरङमा १२९, संखुवासभा २ र सुनसरीमा ५५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४,  बारामा १, महोत्तरीमा ३, , सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३४२, काभ्रेमा १३, चितवनमा १५, धादिङमा ८, नुवाकोटमा ३४, भक्तपुरमा ३१, रसुवा ३, रामेछापमा ३, ललितपुरमा ८८, सिन्धुली १ र सिन्धुपाल्चोकमा २५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा २, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४८ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ५, नवलपरासीमा ३, पाल्पामा ५,  बर्दियामा ५, बाँकेमा २ र रुपन्देहीमा जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १० र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा २, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : २८ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले