वायुसेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी संगठन आन्दोलित « Khabarhub

वायुसेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी संगठन आन्दोलित


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् । निगमलाई निजीकरण गर्ने चर्चासँगै निगमका कर्मचारी संगठनले त्यसको विरोध गरेका हुन् ।

निगमलाई ५४ अर्ब अधिकृत पुँजीको सट्टा ५० अर्ब कायम गरी पूर्ण निजीकरणको प्रस्तावसहित कम्पनीको (डीडीए) प्रतिवेदन पर्यटन मन्त्रालय हुँदै अर्थमन्त्रालय पठाएको निगमका कर्मचारी संगगठनको आरोप छ । कम्पनीको कुल चुक्ता पूँजी २० अर्ब कायम गरिने प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीलाई कुनै सुइँको नदिइकन कम्पनीको प्रबन्धपत्र संशोधनसहित प्रस्ताव अर्थमन्त्रमलय पुगेको भन्दै उनीहरूले गुनासो गरेका छन् । कर्मचारीको सहमतिबिना प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले संस्थालाई निजीकरण गर्न लागेको निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले बताए ।

निगमले अहिले कुल पुँजीमध्ये संस्थापक शेयर खरिदका लागि ५१ प्रतिशत, ख्यातिप्राप्ती विदेशी वायुसेवा कम्पनीका लागि ३० प्रतिशत, हवाई सेवा पर्यटन व्यवसायी तथा सर्वसाधारणका लागि १४ प्रतिशत, कम्पनीमा बहालवाला तथा पूर्वकर्मचारीका लागि ५ प्रतिशत छुट्याएको छ ।

निगम सुधारका लागि छफलसँगै मन्त्रालयले पत्र पठाएर प्रस्तावित मोडेल तयार पर्न आग्रह गरेपछि संचालक समितिका सदस्य किशोर प्रधानको संयोजकत्वमा मन्त्रालयका सह-सचिव वुद्धिसागर लामिछानेसहितको कार्यदल दुई मोडल तयार पारेको थियो ।

प्रस्तावित मोडलमा एउटा सरकारकै स्वामित्वमा भइरहेको कार्यप्रणालीलाई परिमार्जित गर्दै लैजाने र अर्को निगमलाई निजीकरण गर्ने रहेको छ ।

नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निगम, नेपाल वायुसेवा कर्मचारी संघले विज्ञप्ति जारी गरी निगमको कार्यलाई भर्त्सनासमेत गरेका छन् । यस्तै, कर्मचारी संगठनले निगमका मेनेजर लेभलका कर्मचारीलाई भेला गरी आइतबार छलफल समेत गरेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ४५ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै