कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत « Khabarhub

कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवर्द्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ स्वीकृत गरिएको जानकारी दिए ।

त्यस्तै दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता नेपालीले बताए ।

उनका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रदेश रङ्गशाला निर्माण आयोजनालाई प्रदेश गौरवको आयोजना घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ३० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम