सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च पुगे बैंकका कर्मचारी « Khabarhub

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च पुगे बैंकका कर्मचारी


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जबर्जस्ती कोषमा आवद्ध हुन बाध्य पारिएको आरोप लगाउँदै ६५ कर्मचारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकुल असर पार्ने गरी, खाईपाई आएको सुविधा कटौती गर्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता काम नगर्नु नगराउनु भनी परमादेश माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि बैंकका कर्मचारी सर्वोच्चसम्म पुगेका हुन् ।

उनीहरुले आफूहरुको खाईपाई आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण देखाएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अस्वीकार गरिरहेका छन् ।

बैंक कर्मचारीको रिटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोष, विभिन्न बैंकलाई विपक्षी बनाइएको छ ।

पछिल्लो समय कोषले सार्वजनिक सूचना निकालेर बैंकहरुलाई असारभित्रै कोषमा आवद्ध हुन भनेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ०८ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क