टोकियो ओलम्पिक :  फुटबलको फाइनलमा ब्राजिल « Khabarhub

टोकियो ओलम्पिक :  फुटबलको फाइनलमा ब्राजिल


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल फाइनल पुगेको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् ।

ब्राजिलले अब स्वर्ण पदकको लागि स्पेनसँग खेल्नेछ । स्पेन आयोजक जापानलाई हराउँदै फाइनल पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।