बङ्गलादेशमा पाँच दिन लकडाउन थप « Khabarhub

बङ्गलादेशमा पाँच दिन लकडाउन थप


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ पाँच दिन थपेको छ ।

सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम. मोजमेल हकले बताए ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उनले बताए ।  उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए ।

जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ५५ बजे

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा