टी-ट्वान्टी क्रिकेट : अष्ट्रेलियालाई बंगलादेशले पहिलो पटक हरायो « Khabarhub

टी-ट्वान्टी क्रिकेट : अष्ट्रेलियालाई बंगलादेशले पहिलो पटक हरायो


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशलाई पहिलो पटक हराएको छ ।

मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए ।

बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : १० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी