अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु « Khabarhub

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।

आक्रमणका क्रममा चार जना मारिएका छन् ।

हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने घरमा थिएनन् । उनका परिवारका सदस्यलाई सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो ।

मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४० बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी