अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु « Khabarhub

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।

आक्रमणका क्रममा चार जना मारिएका छन् ।

हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने घरमा थिएनन् । उनका परिवारका सदस्यलाई सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो ।

मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले