फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै « Khabarhub

फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको वुहानमा फेरि कोरोना संक्रमणदर बढेको छ । फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गर्न थालिएको बीबीसीले जनाएको छ ।

स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको फेला परेपछि सबै नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो ।

एक वर्षमा पहिलोपटक वुहानमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा २०१९ मा कोरोना भाइरस सबैभन्दा पहिले देखा परेको थियो ।

कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर बढेको छ । १० दिनमा तीन सय नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तीव्र रुपमा फैलिरहेको बताएका छन् ।

मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो ।

सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ । तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ ।

यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४९ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान