सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला « Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो ।

सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।

कम्पनीको आपीओमा छिटोमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। तर बजारमा आवेदन दिनेको संख्या उच्च रहेकोले प्रति आवेदक बढीमा १० कित्ता मात्रै पर्ने सम्भावना छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ । सो शेयर बिक्रीको प्रत्याभूति भने सिद्धार्थ क्यापिटलले गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ३६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको