सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला « Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो ।

सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।

कम्पनीको आपीओमा छिटोमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। तर बजारमा आवेदन दिनेको संख्या उच्च रहेकोले प्रति आवेदक बढीमा १० कित्ता मात्रै पर्ने सम्भावना छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ । सो शेयर बिक्रीको प्रत्याभूति भने सिद्धार्थ क्यापिटलले गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ३६ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं