टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा « Khabarhub

टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा बुधबार आर्टिस्टिक पौडी तथा म्याराथन पौडीका खेल हुनेछन् । आर्टिस्टिक पौडीमा चीन स्वर्ण पदकको दाबेदार मानिएको छ । यसमा रुस ओलम्पिक कमिटीले प्रतिस्पर्धा गर्नेछ ।

बिहानको सत्रमा एथलेटिक्सको एउटा मात्र फाइनल हुनेछ । महिला ४ सय मिटर हर्डल्समा अमेरिकी ट्रायलमा विश्व कीर्तिमान कायम गरेकी सिड्नी म्याकगलन र पूर्वविश्व कीर्तिमानधारी डालिया मुहमुदका बीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यी दुईको रेसले पुरुषको ४ सय मिटर हर्डल्सकै झझल्को दिनेछ । दुई उत्कृष्ट धावका प्रतिस्पर्धामा दुवैले पुरानो विश्व कीर्तिमान भन्दा राम्रो समयमा रेस पूरा गरेका थिए ।

बुधबार साँझको सत्रमा महिला ३ हजार मिटर स्टिपल चेज, पुरुषको ह्यामर थ्रो, पुरुषको ८ सय मिटर तथा पुरुषकै २ सय मिटरका फाइनल स्पर्धा हुनेछन् । आठ सय मिटरको दौड खुला मानिएको छ । दुई सय मिटरमा क्यानडाका ग्रस बलियो धावक मानिएका छन् ।

विश्व च्याम्पियन अमेरिकी नोह नायल्स यस दौडमा रहनेछन् । विश्व एथ्लेटिक्सका सर्वकालीन महान् खेलाडी युसेन बोल्टको नाममा रहेको उमेर समूहको कीर्तिमान भङ्ग गरेका १७ वर्षीय अमेरिकी केभिङटनमा पनि धेरैको ध्यान रहनेछ ।

बक्सिङको पुरुष लाइट हेभिवेटमा क्युबाका आलेन लोपेन र बेलायतका बेन्जामिन ह्विटाकरको बीचमा फाइनल भिडन्त हुनेछ । साइक्लिङमा पुरुष टिम पर्सुटको फाइनल खेल हुनेछ । इक्वेस्ट्रियनको व्यक्तिगत जम्पिङको फाइनल पनि हुनेछ ।

सेलिङमा पुरुष टुपर्सन डिन्हे र महिला टु पर्सन डिन्हेको फाइनल हुनेछ । स्केट बोर्डिङमा महिला पार्कको फाइनल हुनेछ । भारोत्तोलनको १०९ किलोमाथिको प्रतिस्पर्धा हुनेछ ।

कुस्तीमा पुरुष ग्रीको रोमनको ६७ किलोको फाइनलमा युक्रेनका परवेज नासिभले इरानका जेरेइ मोहम्देजासँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८७ किलोमा हङ्गेरीका भिक्टर लोरिन्ज र युक्रेनका झान बेलान्चुकका बीचमा फाइनल खेल हुनेछ ।

महिला ६२ किलो फ्री स्टाइलमा काजकिस्तानकी आइसुली टेयनकोभाले जापानकी कावाकी याकुको सामना गर्ने छिन् ।

महिला बास्केटबलमा चीन र सर्विया, अस्ट्रेलिया र अमेरिका, जापान र बेल्जियम तथा स्पेन र फ्रान्सका बीच क्वार्टर फाइनल खेल हुनेछ ।

पुरुष बिच भलिबलमा रुस ओलम्पिक कमिटीको जोडी र नर्वेको जोडी तथा लाट्भियाको जोडी र ब्राजिलको जोडीबीच उपाधिको होड हुनेछ । यसै गरी, जर्मनीको जोडीले रुसी ओलम्पिक कमिटीको जोडी तथा कतारी जोडीले इटालीको जोडीको सामना गर्ने छन् ।

महिला भलिबलका क्वार्टर फाइनलका खेल पनि बुधबार नै हुनेछन् । कोरिया र टर्कीको बीच तथा डोमेनिक गणतन्त्र र अमेरिकाको बीचमा खेल हुनेछ । सर्बिया र इटाली तथा ब्राजिल र रुसी ओलम्पिक कमिटीको बीचमा पनि खेल हुनेछ ।

पुरुष वाटर पोलोको सेमिफाइनलमा अमेरिकाले स्पेनसँग, ग्रिसले मोन्टेग्रोसँग, इटालीले सर्बियासँग तथा हङ्गेरीको क्रोएसियासँग भिडन्त हुनेछ । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५२ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग