टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा बुधबार आर्टिस्टिक पौडी तथा म्याराथन पौडीका खेल हुनेछन् । आर्टिस्टिक पौडीमा चीन स्वर्ण पदकको दाबेदार मानिएको छ । यसमा रुस ओलम्पिक कमिटीले प्रतिस्पर्धा गर्नेछ ।

बिहानको सत्रमा एथलेटिक्सको एउटा मात्र फाइनल हुनेछ । महिला ४ सय मिटर हर्डल्समा अमेरिकी ट्रायलमा विश्व कीर्तिमान कायम गरेकी सिड्नी म्याकगलन र पूर्वविश्व कीर्तिमानधारी डालिया मुहमुदका बीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यी दुईको रेसले पुरुषको ४ सय मिटर हर्डल्सकै झझल्को दिनेछ । दुई उत्कृष्ट धावका प्रतिस्पर्धामा दुवैले पुरानो विश्व कीर्तिमान भन्दा राम्रो समयमा रेस पूरा गरेका थिए ।

बुधबार साँझको सत्रमा महिला ३ हजार मिटर स्टिपल चेज, पुरुषको ह्यामर थ्रो, पुरुषको ८ सय मिटर तथा पुरुषकै २ सय मिटरका फाइनल स्पर्धा हुनेछन् । आठ सय मिटरको दौड खुला मानिएको छ । दुई सय मिटरमा क्यानडाका ग्रस बलियो धावक मानिएका छन् ।

विश्व च्याम्पियन अमेरिकी नोह नायल्स यस दौडमा रहनेछन् । विश्व एथ्लेटिक्सका सर्वकालीन महान् खेलाडी युसेन बोल्टको नाममा रहेको उमेर समूहको कीर्तिमान भङ्ग गरेका १७ वर्षीय अमेरिकी केभिङटनमा पनि धेरैको ध्यान रहनेछ ।

बक्सिङको पुरुष लाइट हेभिवेटमा क्युबाका आलेन लोपेन र बेलायतका बेन्जामिन ह्विटाकरको बीचमा फाइनल भिडन्त हुनेछ । साइक्लिङमा पुरुष टिम पर्सुटको फाइनल खेल हुनेछ । इक्वेस्ट्रियनको व्यक्तिगत जम्पिङको फाइनल पनि हुनेछ ।

सेलिङमा पुरुष टुपर्सन डिन्हे र महिला टु पर्सन डिन्हेको फाइनल हुनेछ । स्केट बोर्डिङमा महिला पार्कको फाइनल हुनेछ । भारोत्तोलनको १०९ किलोमाथिको प्रतिस्पर्धा हुनेछ ।

कुस्तीमा पुरुष ग्रीको रोमनको ६७ किलोको फाइनलमा युक्रेनका परवेज नासिभले इरानका जेरेइ मोहम्देजासँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८७ किलोमा हङ्गेरीका भिक्टर लोरिन्ज र युक्रेनका झान बेलान्चुकका बीचमा फाइनल खेल हुनेछ ।

महिला ६२ किलो फ्री स्टाइलमा काजकिस्तानकी आइसुली टेयनकोभाले जापानकी कावाकी याकुको सामना गर्ने छिन् ।

महिला बास्केटबलमा चीन र सर्विया, अस्ट्रेलिया र अमेरिका, जापान र बेल्जियम तथा स्पेन र फ्रान्सका बीच क्वार्टर फाइनल खेल हुनेछ ।

पुरुष बिच भलिबलमा रुस ओलम्पिक कमिटीको जोडी र नर्वेको जोडी तथा लाट्भियाको जोडी र ब्राजिलको जोडीबीच उपाधिको होड हुनेछ । यसै गरी, जर्मनीको जोडीले रुसी ओलम्पिक कमिटीको जोडी तथा कतारी जोडीले इटालीको जोडीको सामना गर्ने छन् ।

महिला भलिबलका क्वार्टर फाइनलका खेल पनि बुधबार नै हुनेछन् । कोरिया र टर्कीको बीच तथा डोमेनिक गणतन्त्र र अमेरिकाको बीचमा खेल हुनेछ । सर्बिया र इटाली तथा ब्राजिल र रुसी ओलम्पिक कमिटीको बीचमा पनि खेल हुनेछ ।

पुरुष वाटर पोलोको सेमिफाइनलमा अमेरिकाले स्पेनसँग, ग्रिसले मोन्टेग्रोसँग, इटालीले सर्बियासँग तथा हङ्गेरीको क्रोएसियासँग भिडन्त हुनेछ । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं