भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ « Khabarhub

भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले कोभिड १९ संकट समाधानबारे प्राथमिकता दिनुपर्ने भारतस्थित क्यानडाका प्रतिनिधिले बताएका छन् ।

भारतले कोरोना भाइरस संक्रमणदर र वृद्धिमा भन्दा यसलाई कसरी सम्बोधन र समाधान गर्न सकिन्छ भन्ने बारे सोच्नुपर्ने भारतका लागि क्यानडाका उच्च आयुक्त नदिर पटेलले बताएका छन् ।

एएन्आई सँगको एक अन्तवार्तामा उच्च आयुक्त पटेलले भारतमा कोरोना संक्रमण, निजी कम्पनीहरुको भूमिका तथा माहामारीको समयमा भारतलाई उपलब्ध भइरहेको साथ सहायताको बारेमा बताएका छन् ।

कोरोना माहामारीबारे चिन्तित हुने भन्दा पनि सबैको सहकार्यबाट माहामारीलाई सम्बोधन र समाधान गर्नेतर्फ लाग्नुपर्ने उनले बताए ।

कोरोना माहामारीको समयमा भारतलाई सहयोग गर्नु क्यानडाको पहिलो प्राथमिकता रहेको पनि उनले बताए । भारतले क्यानडालाई कोभिड १९ विरुद्ध औषधी तथा खोप सहयोग गरेको पनि उनले उल्लेख गरे ।

कोभिड १९ बिरुद्ध खोप उत्पादन र वितरणका लागि खोप अनुमतिबारे विश्व व्यापार संगठनमा भारतको प्रस्ताबलाई उनले समर्थन जनाएका छन् ।

वृहत तथा तिब्र खोप उत्पादनका लागि खोपको बौद्धिक सम्पति अधिकारको अनुमति दिनुपर्ने उनले जोड गरे । क्यानडाले भारतमा कोभिड १९ बिरुद्ध स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरिरहेको उनले बताए । साथै कोभिड १९ संकट व्याबस्थापनका लागि क्यानडा सरकारले भारतीय रेड क्रसलाई एक करोड अमेरिकी डलर सहायता गरेको छ । स्रोत : याहु न्युज

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्