भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ « Khabarhub

भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले कोभिड १९ संकट समाधानबारे प्राथमिकता दिनुपर्ने भारतस्थित क्यानडाका प्रतिनिधिले बताएका छन् ।

भारतले कोरोना भाइरस संक्रमणदर र वृद्धिमा भन्दा यसलाई कसरी सम्बोधन र समाधान गर्न सकिन्छ भन्ने बारे सोच्नुपर्ने भारतका लागि क्यानडाका उच्च आयुक्त नदिर पटेलले बताएका छन् ।

एएन्आई सँगको एक अन्तवार्तामा उच्च आयुक्त पटेलले भारतमा कोरोना संक्रमण, निजी कम्पनीहरुको भूमिका तथा माहामारीको समयमा भारतलाई उपलब्ध भइरहेको साथ सहायताको बारेमा बताएका छन् ।

कोरोना माहामारीबारे चिन्तित हुने भन्दा पनि सबैको सहकार्यबाट माहामारीलाई सम्बोधन र समाधान गर्नेतर्फ लाग्नुपर्ने उनले बताए ।

कोरोना माहामारीको समयमा भारतलाई सहयोग गर्नु क्यानडाको पहिलो प्राथमिकता रहेको पनि उनले बताए । भारतले क्यानडालाई कोभिड १९ विरुद्ध औषधी तथा खोप सहयोग गरेको पनि उनले उल्लेख गरे ।

कोभिड १९ बिरुद्ध खोप उत्पादन र वितरणका लागि खोप अनुमतिबारे विश्व व्यापार संगठनमा भारतको प्रस्ताबलाई उनले समर्थन जनाएका छन् ।

वृहत तथा तिब्र खोप उत्पादनका लागि खोपको बौद्धिक सम्पति अधिकारको अनुमति दिनुपर्ने उनले जोड गरे । क्यानडाले भारतमा कोभिड १९ बिरुद्ध स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरिरहेको उनले बताए । साथै कोभिड १९ संकट व्याबस्थापनका लागि क्यानडा सरकारले भारतीय रेड क्रसलाई एक करोड अमेरिकी डलर सहायता गरेको छ । स्रोत : याहु न्युज

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न