कोरोनाको तेस्रो लहर रोक्न भारतीय सीमा नाकामा निगरानी « Khabarhub

कोरोनाको तेस्रो लहर रोक्न भारतीय सीमा नाकामा निगरानी


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण शुरु भएको छ । भारतमा अहिले कोरोनाको संक्रमण फेरि बढिरहेकाले नेपाल पनि उच्च जोखिममा छ ।

यसअघि भारतमा दोस्रो लहर फैलिँदा नेपाल पनि प्रभावित भएको थियो । भारतसँगको खुला सीमा नाकाका कारण त्यहाँ संक्रमण फैलिए नेपालमा पनि असर पर्छ । खुला सीमा नाकाबाट फैलन सक्ने संक्रमणलाई रोक्न भन्दै केही दिनदेखि निगरानी र परीक्षण थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार नाकाबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो नाप्न थालिएको छ । यस्तै, लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण पनि हुने गरेको छ । अहिलेसम्म १२ हजार भन्दा धेरैको परीक्षण भइसकेको उनले बताए । तेस्रो लहरको जोखिम उच्च भएसँगै नाका जोडिएका क्षेत्रका अस्पतालमा २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाएर राख्न थालिएको छ ।

यस्तै, तेस्रो लहर फैलिए कसरी उपचार गर्ने भन्ने बारे पनि पूर्वतयारी थालिएको उनले बताए । तर, सीमा नाकामा भइरहेको यो तयारी पर्याप्त भने नभएको विज्ञ बताउँछन् । सीमा नाकाबाट हुने आवतजावतलाई रोक्न नसक्दा नै कोरोनाको पहिलो लहर र दोस्रो लहर फैलिएको भन्दै स्वास्थ्य विज्ञले अब पनि नाकालाई व्यवस्थित बनाउन नसके तेस्रो लहरबाट जटिल अवस्था आउन सक्ने बताएका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले देशका धेरै ठाउँमा कोरोनाका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । दैनिक सङ्क्रमित बढेपछि कोरोना उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ०९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्