अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय « Khabarhub

अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा ईद पर्वको समयमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन् ।

तालिबान विद्रोही लडाकु समुह र सुरक्षा बलबीच बढ्दो द्धन्द्धका बीच ईद पर्वको समयमा तीन दिन युद्धविराम गर्ने बताएका छन् । युद्धविरामको निर्णयलाई अमेरिकी बिशेष प्रतिनिधि जलमे खालिलजादले स्वागत गरेका छन् ।

पछिल्लो केही समययता तालिबान र सुरक्षा बल बीचको तनाब र द्धन्द्धले सर्वसाधारणलाई नराम्रो असर पारेको भन्दै उनले युद्धविरामको निर्णय स्वागत गरेको बताएका हुन् ।

साठी जना भन्दा धेरै बिधार्थीको ज्यान जाने गरी राजधानी काबुलस्थित एक बिधालय नजिकै भएको बम बिष्फोटको घटना पछि तालिबानले ईदको समय तीन दिन युद्धविराम गर्ने घोषणा गरेको हो ।

तालिबानको घोषणा पछि राष्ट्रपति असरफ घानीले पनि ईदको समय युद्धविराम गर्न सुरक्षा बललाई निर्देशन दिएका हुन् । अमेरिकी बिशेष प्रतिनिधि खालिलजादले अफगानिस्तानमा राजनीतिक समाधान र स्थायी युद्धविरामको अबस्था हुनुपर्ने बताए ।

अफगान जनताले अर्थहीन युद्धको अन्त्य र राजनीतिक सधामान चाहेको र त्यसका लागि अमेरिकाले साथ दिने उनले बताए । बीस बर्ष लामो आतंकवाद बिरुद्धको युद्ध पछि अमेरिकाले आफ्ना सेना फिर्ता गरिरहेको बेला अफगानिस्तानमा तालिबानले पुन द्धन्द्ध चर्काएको छ ।

स्रोत बिजनेस स्टान्डर्ड

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : १९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले