घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन तोलामा ३०० रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ११ : ०६ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार