सशस्त्र प्रहरी जवान कार्यालयमै मृत भेटिए | Khabarhub Khabarhub

सशस्त्र प्रहरी जवान कार्यालयमै मृत भेटिए


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय हरिशकुमार शाही कार्यालयमा नै मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टका अनुसार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेको अवस्थमा अवस्थामा मृत भेटिएका थिए ।

अहिले प्रहरीले मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ४५ बजे

लिपुलेकमा भारत-चीन सम्झौताविरुद्ध क्रान्तिकारीले बाल्यो मसाल (तस्बिरहरू)

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

रोम- संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ।

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले

भारतमा अनलाइन जुवा प्रतिबन्ध

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण