भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा « Khabarhub

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर ८५ हजार ९०८ अर्थात् करीब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उनले बताए । अब छ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इञ्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिए ।

त्यस्तै पहिलो एकीकृत बस्ती शुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानीलगायत काममा सहयोग गरिएको उनको भनाइ छ ।

जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन् । वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उनले बताए । ३५ स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणधीन रहेका छन् ।

बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ ।

जिल्लामा बन्ने पुरातात्विक सम्पदा गुम्बा सातमध्ये छको डिपिआर भइसकेको छ । मेलम्चीमा एक, हेलम्बुमा चार, ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छको डिपिआर भएको हो ।

लिस्तीकोट गुम्बाको पनि चाँडै काम शुरु गरिने उनले जानकारी दिए । निजी आवस निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्