क्रिकेट एकेडेमी खोलेर देशभर सञ्जाल पुर्‍याउने पारस खड्काको योजना « Khabarhub

क्रिकेट एकेडेमी खोलेर देशभर सञ्जाल पुर्‍याउने पारस खड्काको योजना


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए ।

मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने पनि दाबी गरे ।

नेपाली क्रिकेटको उज्वल भविष्यका लागि आफू लागेको बताउँदै उनले अहिले खेलाडी भएर काम गरेको र आगामी दिनमा व्यवस्थापनका क्षेत्रमा पनि आउन चाहेको बताएका छन् । राजनीतिक क्षेत्रमा पनि तपाईंको हात हुनेछ भन्ने प्रश्नमा उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको बताए । उनले भने, ‘राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’

उनले भने, “दुई वर्ष अघिदेखि नै मैले सन्यासको योजना बनाएको थिए। अहिले आएर निर्णय गरे। खेलाडीका रूपमा जति गर्न सक्थे त्यो गरे। अब व्यवस्थापनबाट क्रिकेटमा जोडिने छु। त्यसका लागि चुनौती छ। सजिलो छैन। तर म उत्साहित छु।”

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर शुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : १८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर