गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ « Khabarhub

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो ।

गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सकेकी छिन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : २२ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी