पूर्वआईजीपीद्वारा पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेजीको माग « Khabarhub

पूर्वआईजीपीद्वारा पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेजीको माग


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगञ्जबाट हटाउने निर्णय खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पुलिस एकेडेमी महाराजगञ्जबाट काभ्रेमा सार्ने निर्णय खारेजीको माग राखेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई त्यहाँबाट हटा‍एर काभ्रेमा सार्ने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयलाई विस्तार गर्नका लागि एकेडेमी हटाउने निर्णय गरिएको थियो।

उक्त निर्णयको पूर्वआईजीपीहरूले विरोध गर्दै आएका छन्। पूर्वआईजीपी मोतिलाल बोहराको संयोजकत्वमा बुधबार १४ जना पूर्वआईजीपीहरूको हस्ताक्षरसहित प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्

प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायीकताको उद्गम थलोको रुपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख छ ।

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको तर्फबाट पूर्व प्रहरी महानिरीक्षकहरु दुर्लभ कुमार थापा, मोतीलाल बोहोरा, अच्युत कृण्ण खरेल, ध्रुब बहादुर प्रधान, प्रदीप शमशेर राणा, श्याम भक्त थापा, ओम विक्रम राणा, हेम बहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४९ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज