रेल्वे कम्पनीका महाप्रबन्धकको आक्रोश : जोरी खोज्नेसँग मैदानमा हिसाब-किताब गर्छु « Khabarhub

रेल्वे कम्पनीका महाप्रबन्धकको आक्रोश : जोरी खोज्नेसँग मैदानमा हिसाब-किताब गर्छु


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफूलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दबाब दिएको आरोप लगाएका छन् ।

मंगलबार सरकारले आचरणविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेताद्वयमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र नेपालको भीषण दबाब रहेको बताएका हुन् । उनले प्रचण्ड र माधव नेपाललक्षित गर्दै भनेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम्फाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ? म लाखौंको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो। त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै ब्यक्तिगत चाहना हैन।’

उनले आफूले कम्पनीमा नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई ननिकाल्न पनि चेतावनी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिव नागरिककाका छोराछोरीलाइ हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्-

उनले एमाले नेता नेपालप्रति आक्रोश पोख्दै ‘चोर राजनीतिज्ञसंग’ त म लड्ने नै हो, माकुनेसँग मैदानमा भेट्ने बताएका छन् । उनले नेता नेपाललाई ‘राजनीतिक क्यानसरको संज्ञा दिँदै काटेर फाल्नुपर्ने बताएका छन् ।

उनको अर्को स्टाटस यस्तो छ-

नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको आरोप लगाउँदै जनहित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ