रेल्वे कम्पनीका महाप्रबन्धकको आक्रोश : जोरी खोज्नेसँग मैदानमा हिसाब-किताब गर्छु « Khabarhub

रेल्वे कम्पनीका महाप्रबन्धकको आक्रोश : जोरी खोज्नेसँग मैदानमा हिसाब-किताब गर्छु


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफूलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दबाब दिएको आरोप लगाएका छन् ।

मंगलबार सरकारले आचरणविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेताद्वयमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र नेपालको भीषण दबाब रहेको बताएका हुन् । उनले प्रचण्ड र माधव नेपाललक्षित गर्दै भनेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम्फाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ? म लाखौंको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो। त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै ब्यक्तिगत चाहना हैन।’

उनले आफूले कम्पनीमा नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई ननिकाल्न पनि चेतावनी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिव नागरिककाका छोराछोरीलाइ हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्-

उनले एमाले नेता नेपालप्रति आक्रोश पोख्दै ‘चोर राजनीतिज्ञसंग’ त म लड्ने नै हो, माकुनेसँग मैदानमा भेट्ने बताएका छन् । उनले नेता नेपाललाई ‘राजनीतिक क्यानसरको संज्ञा दिँदै काटेर फाल्नुपर्ने बताएका छन् ।

उनको अर्को स्टाटस यस्तो छ-

नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको आरोप लगाउँदै जनहित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्