यस्ता ५ विषय अशुभ मानिन्छ « Khabarhub

यस्ता ५ विषय अशुभ मानिन्छ


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सगुन र अपसगुनको मान्यता प्राचीनकालबाटै चलिआएको छ । कैयौं मानिस यि मान्यतामा विश्वास गर्छन् भने धेरैले गर्दैनन् पनि । बुजुर्गका अनुसार केहि यस्ता काम छन् जो सगुन र अपसुगन मानिन्छ । यहि मध्ये कतिपय कामलाई वास्तुले समेत मानेको छ ।

१. धाराबाट पानी चुहिनु
मान्यता अनुसार जुन घरमा धाराबाट लगातार पानी चुहिन्छ त्यहाँ धनको हानि हुने गर्दछ । यस अलावा बिहान बिहान बाथरूममा खाली बाल्टी देख्नु पनि अपसकुन मानिन्छ । खाली बाल्टी देखे आर्थिक र मानसिक समस्या हुने विश्वास गरीन्छ ।

२. साँझमा बढार्ने
कुचोलाई लक्ष्मीको प्रतिक मानिन्छ । त्यसैले कुचो टेक्नु वा साँझमा बढार्नु शुभ मानिँदैन । यस अलावा खुल्ला ठाउँमा कुचो राख्नु हुदैँन यसलाई लुकाएर राख्नु पर्ने मान्यता छ ।

३. टुक्रिएको सिसा
वास्तु शास्त्रमा सिसा, काँचका वस्तु टुट्नु, फुट्नु वा चर्किनु अत्यन्त अपसकुन मानिन्छ । त्यसैले टूक्रिएको ऐना हेरेर श्रृंगार गर्न नुहने मान्यता छ । यस अलावा एक बर्ष भन्दा मुनिका बालबालिकाले ऐना हेर्नु पनि अशुभ मानिन्छ । घरको कुनाम काँचको टुक्रा राख्नु वा जम्मा पार्नु पनि अशुभ मानिन्छ ।

४. कुकर बिरालो रुनु
घरमा कुकुर बिरालो रुनु वा आपसमा झगडा गर्नु अशुभ मानिन्छ । यस्ता घटनाले घरमा अप्रिय घटना हुने संकेत गर्दछ ।

५. खिया लागेका फलाम
केहि मान्यता अनुसार जुन घरमा साना बालबालिका हुन्छन्, त्यहा नकारात्मक ऊर्जा पनि छिट्टै हावी हुने गर्दछ । यस्तोमा उनीहरुको ओच्छ्यानमा फलामका सामान राखे नकारात्मक ऊर्जा नष्ट हुने विश्वास गरीन्छ । यस्तै खिया लागेको फलामका वस्तु घरमा राख्नु अपसगुन मानिन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : १० बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा