विश्वभर २२ करोडभन्दा बढीमा संक्रमण, १९ करोड ७० लाख निको « Khabarhub

विश्वभर २२ करोडभन्दा बढीमा संक्रमण, १९ करोड ७० लाख निको


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १२० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८९ लाख ४२ हजार ३८१ छ । यसमध्ये १ लाख ५ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख १८ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ७० लाख ८१ हजार ५९० पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ७५२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८२ हजार ४२२ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ५११ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ६४ हजार ९३४ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८२ हजार ७५३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ४० हजार २५६ संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : १० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा