खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन « Khabarhub

खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।

गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइएको छ ।

खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए ।

पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उनले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : ५५ बजे

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा

विराटनगरका बसिरले पनि हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको