नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न वामदेवका चार शर्त | Khabarhub Khabarhub

नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न वामदेवका चार शर्त


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो पटक नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त राखेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रवार एमालेको सम्पूर्ण जिम्मेवारीवाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले सञ्चारकर्मीसँग भने, ‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उनका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा (एकीकृत समाजवादी)मा आउने गौतमको भनाइ छ ।

गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरुपलाई परिवर्तन गर्नुपर्ने पहिलो शर्त राखेका छन् । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एकीकृत समाजवादी) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।

यसैगरी, गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त नेपालसमक्ष राखेका छन् । संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एकीकृत समाजवादी)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गरेका छन् । गौतमको सो शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाएका छन् ।

संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने शर्त राखेका गौतमले संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एकीकृत समाजवादी) तयार हुनुपर्ने अर्को शर्त पनि राखेका छन् । हालको संघीय स्वरुपले मुलुकको हित नहुने भन्दै नयाँ संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एकीकृत समाजवादी) मञ्जुर भए अध्यक्ष नेपालसँगै रहने जनाएका छन् ।

गौतमका महत्वपूर्ण तीनवटा शर्तमा नेपालले पार्टीभित्र छलफल गर्ने जनाए पनि पार्टीको कार्यदिशा र मार्गदर्शक सिद्धान्तमा भने नेपाल–गौतम नजिक नजिक देखिएका छन् । जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा (एकीकृत समाजवादी)ले मार्गदर्शन सिद्धान्त मानेमा आउन सक्ने जनाएपछि अध्यक्ष नेपालले त्यसमा ‘विचार गर्ने’ जनाएका छन् ।

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १२ : १५ बजे

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश