सूर्य थापाले वामदेवलाई भनेः प्रचण्डकी सानाआमाका साख्खै छोरा जस्तै « Khabarhub

सूर्य थापाले वामदेवलाई भनेः प्रचण्डकी सानाआमाका साख्खै छोरा जस्तै


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वामदेव गौतमले एमाले त्यागेपछि एमालेका नेताहरुले उनीमाथि कटाक्ष गर्न थालेका छन् । यसैक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले गौतमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी सानीआमाका साख्खै छोरा जस्तै भन्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा गौतमका विभिन्न तस्वीरहरुसहित एक पोस्ट लेख्दै कटाक्ष गरेका हुन् ।

उनले गौतमलाई अस्थिर व्यक्तिसमेत भनेका छन् । उनले गौतमले दिनमा तीनथरी कुरा गर्ने गरेको भन्दै अहिले एमाले त्यागेपछि एक व्यक्तिमा सिमित भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘‘उनी एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताको हिसाबले यिनी पुषपकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४–५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो ? यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)को एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पुर्याएर आज स्वयं किनारा लाग्न पुगे रु अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ?
सही उत्तर मिलाउनुहोस ?’

गौतमले शुक्रबार एमालेको उपाध्यक्षसमेत सबै जिम्मेजारीबाट राजीनामा दिएका थिए । गौतमले राजीनामा दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोपहरु लगाएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १८ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन