पेटमा हुने समस्या हल गर्न ध्यान दिनुपर्ने कुरा « Khabarhub

पेटमा हुने समस्या हल गर्न ध्यान दिनुपर्ने कुरा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा हुने सबैभन्दा धेरै समस्या पेट सम्बन्धी हुने गर्दछ । गलत खानपान र गलत जीवनशैलीका कारण मानिसको पेट खराब हुने गर्दछ । यसका कारण अल्सर, कब्जियत वा एसिडिटीजस्ता समस्या हुन थाल्छन् । यो समस्याबाट बच्नकालागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

– प्रसस्त पानी
पेटको समस्या हुनबाट बच्न दिनभरी कम्तीमा ८ देखि १० गिलास पानी पिउनु पर्दछ । यसले पेटमा भएको फोहोरलाई बाहिर निकाल्छ र कब्जियत र एसिडिटी हुन पाउँदैन ।

– फाइबरयुक्त खाना
दैनिक खानामा फाइबरयुक्त हरियो सागसब्जी, टुसा उम्रेका गेडागुडी र रसिला फलफूल खाने गरेमा पेट खराब हुनबाट बचाउँछ ।

– धेरै पटक थोरै खाने
एकैपटक धेरै नभई धेरै पटक थोरै थोरै खाना खानु पर्दछ । यसो गर्दा पेट खराब हुदँैन ।

– बोसो कम खाने
खानामा उच्च बोसो भएको सजिलै नपच्ने मासु खाना नखाने । यसो गर्दा पेट खराब हुँदैन ।

– नशा छाड्ने
धेरै चुरोट वा रक्सी पिउने बानी छाड्नु पर्दछ । अन्यथा अल्सर लगायतको समस्या हुन्छ ।

– तनाव नलिने
तनाव नलिँदा रक्तसंचार राम्रो हुन्छ । यसले पाचन क्रिया राम्रो हुन्छ ।

– समयमा खाने
बिहान अनिवार्य खाजा, अबेर बिहान खाना, दिउँसो खाजा र साँझमा हल्का खाना समयमा खानु पर्दछ । यसो गरे सहि तरिकाले पच्ने गर्दछ र कब्जियत हुन पाउँदैन ।

– व्यायाम गर्ने
दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नु पर्दछ । व्यायाम नसके हिड्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : २३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र