अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्यु दर बृद्धि « Khabarhub

अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्यु दर बृद्धि


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ । यहाँको यस सम्बन्धी निकाय सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ । उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ ।

जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ । यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ । यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ ।

यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन् ।

यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १.७ प्रतिशतले बढी हो । त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो ।
यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको जनाइएको छ । अमेरिकी संस्था सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सिन्ह्वा

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : ०५ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले