'राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ’ | Khabarhub Khabarhub

‘राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ’


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– ​गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले राज्यले निजी क्षेत्रलाई प्रवर्वद्धन गर्नुपर्ने बताएका छन् । राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेकका क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नवलपुर उद्योग सङ्घको दोस्रो साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, “राज्यले निजी क्षेत्रलाई प्रोमोट गर्नुपर्छ, राज्यले आफैँ उद्योग चलाउँछु, आफैँ व्यापार गर्छु, आफैँ कमाउँछु, त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भएको छ । केही दायित्वहरूको छन्, जुन राज्यले बोक्नुपर्छ, चाहे घाटा लागोस् चाहे फाइदा होस्, ती क्षेत्रबाहेक अरुमा राज्यको भूमिका भनेको समन्वयकर्ताको हो, उत्पे्ररकको हो, जसका आधारमा निजी क्षेत्रहरू अघि बढ्नुपर्छ ।”

मुख्यमन्त्री पोखरेले उद्योग स्थापनामा केही कानुनी जटिलता रहेको स्वीकार गर्दै कानुन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए । कानुनले रोक्नेभन्दा भएका अप्ठ्यारा फुकाउनुपर्ने उनले बताए । “कानुन राम्रो हुनुप¥यो, कानुन सहज हुनुपर्यो, कानुनले रोक्ने होइन, कानुनले फुकाउनुपर्यो, यसतर्फ हाम्रो ध्यान नपुगेको स्वीकार गर्नुपर्छ”, मुख्यमन्त्री पोखरेले भने, ‘‘कानुनी अप्ठ्यारो फुकाउन भने अझै पनि माथि ताक्नुपर्ने छ ।’’ उद्योग स्थापनाका लागि आउने अप्ठ्यारा फुकाउन आफू र आफ्नो प्रदेशले गर्ने कुरा तत्काल हुनसक्ने र प्राथमिकतामा पर्ने उनले बताए ।

अझै पनि धेरै कुराहरू सङ्घीयताको मर्मअनुसार बढ्न नसकेको मुख्यमन्त्री पोखरेले बताए । “मैले फुकाइदिने कुरा, मेरो प्रदेशको कुरा तत्काल हुनसक्थ्यो, यो मेरो प्राथमिकतामा हो, केन्द्रबाट धेरै जटिल हुन्छ भनेर सङ्घीयता ल्याएको हो तर अहिले पनि धेरै यस्ता कुराहरू छन्, जुन यो मर्मअनुसार अगाडि बढ्न सकेको छैन”, मुख्यमन्त्री पोखरेले भने ।

मुख्यमन्त्री पोखरेले प्रदेश सरकारले औधोगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउन लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबीच छलफल चलिरहेको समेत उनले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : ५५ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन