सर्लाहीमा पेस्तोलसहित किशोर पक्राउ « Khabarhub

सर्लाहीमा पेस्तोलसहित किशोर पक्राउ


१९ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ब्रह्मपुरीस्थित नेपाल–भारत सिमानाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध हतियारसहित एक किशोरलाई पक्राउ गरको छ ।

शुक्रबार साँझ ब्रह्मपुरी गाउँपालिका–४, काली मन्दिर नजिकैबाट प्रहरीले भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत१, बस्ने अन्दाजी १७ वर्षका गोलुकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो । दासको साथबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठले जानकारी दिए ।

सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । उनलाई पेस्तोलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय सर्लाहीमा अवैध हतियारको बिगबिगी बढेको छ । खुल्ला सिमानाका कारण आपराधिक क्रियाकलापमा संलग्नहरू सजिलै हतियार लिएर नेपाल छिर्ने र आपराधिक क्रियाकलाप गरेर भारततर्फ भाग्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ८ : २० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान