सर्लाहीमा पेस्तोलसहित किशोर पक्राउ « Khabarhub

सर्लाहीमा पेस्तोलसहित किशोर पक्राउ


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ब्रह्मपुरीस्थित नेपाल–भारत सिमानाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध हतियारसहित एक किशोरलाई पक्राउ गरको छ ।

शुक्रबार साँझ ब्रह्मपुरी गाउँपालिका–४, काली मन्दिर नजिकैबाट प्रहरीले भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत१, बस्ने अन्दाजी १७ वर्षका गोलुकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो । दासको साथबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठले जानकारी दिए ।

सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । उनलाई पेस्तोलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय सर्लाहीमा अवैध हतियारको बिगबिगी बढेको छ । खुल्ला सिमानाका कारण आपराधिक क्रियाकलापमा संलग्नहरू सजिलै हतियार लिएर नेपाल छिर्ने र आपराधिक क्रियाकलाप गरेर भारततर्फ भाग्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको