लागूऔषध सहित ७ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषध सहित ७ जना पक्राउ


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न लागूऔषध सहित प्रहरीले विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका ११ जनपथटोल बस्ने भिम कामतलाई करिब ३ किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । उनको चिया नास्ता पसलमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले पसल तलासी उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ व्यास नगरपालिका १० दमौली बस्ने ३० वर्षीय विष्णु प्रकाश थापा र कास्की पोखरा महानगरपालिका १९ लामाचौर बस्ने १९ वर्षीय आशिष गैरे रहेका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७८९४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सिरहाको सिरहा नगरपालिका १७ कालीचोकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित मिर्चैया नगरपालिका ५ बस्ने २६ वर्षीय मो. नियाज सेखलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङको लमही नगरपालिका ९ शिवखोलास्थित सडकबाट करिब ९ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २७ वर्षीय गणेश नेपाली र सोही ठाउँ बस्ने २६ बर्षीय सन्तोष बिश्वकर्मा रहेका छन् ।

नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा३ प ३२७९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ‍अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै झापाको मेचीनगर नगरपालिका ८ स्थित सडकबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र १ थान डिजिटल तराजु सहित वुद्धशान्ति गाउँपालिका ४ जोर लावर टोल बस्‍ने २७ वर्षीय ब्रान्डेन भन्‍ने अर्पन गजमेरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी उनको साथबाट मे२ प ८५२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । साथै उनको साथमा रहेका अन्य ३ जनालाई समेत आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहको लालबन्दी नगरपालिका १२ झोलुङ्गे पुलस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । पत्थरकोटबाट जियाजोरतर्फ जादै गरेको ज५ प ६७५८ नम्बरको मोटरसाइकलको चालकले प्रहरी चौकी पत्थरकोटबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नसाथ उक्त मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : २० बजे

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले

रूपन्देही–३ मा उपनिर्वाचन : कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार को ?

काठमाडौँ – सत्ता साझेदार दुई दल नेपाली काङ्ग्रेस र नेकपा

गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए

एजेनसी– उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले

सिने ब्रिफ : प्रदीप र अनमोललाई पछि पारे ‘माग्ने बूढा’ले, एक्सनमा समीक्षा र एलिना

हेडलाइन…ग्रस कलेक्सन १ करोड छुनै नेपाली फिल्मलाई सकस, १० मध्ये

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल