लागूऔषध सहित ७ जना पक्राउ « Khabarhub

लागूऔषध सहित ७ जना पक्राउ


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न लागूऔषध सहित प्रहरीले विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका ११ जनपथटोल बस्ने भिम कामतलाई करिब ३ किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । उनको चिया नास्ता पसलमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले पसल तलासी उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ व्यास नगरपालिका १० दमौली बस्ने ३० वर्षीय विष्णु प्रकाश थापा र कास्की पोखरा महानगरपालिका १९ लामाचौर बस्ने १९ वर्षीय आशिष गैरे रहेका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७८९४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सिरहाको सिरहा नगरपालिका १७ कालीचोकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित मिर्चैया नगरपालिका ५ बस्ने २६ वर्षीय मो. नियाज सेखलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङको लमही नगरपालिका ९ शिवखोलास्थित सडकबाट करिब ९ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २७ वर्षीय गणेश नेपाली र सोही ठाउँ बस्ने २६ बर्षीय सन्तोष बिश्वकर्मा रहेका छन् ।

नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा३ प ३२७९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ‍अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै झापाको मेचीनगर नगरपालिका ८ स्थित सडकबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र १ थान डिजिटल तराजु सहित वुद्धशान्ति गाउँपालिका ४ जोर लावर टोल बस्‍ने २७ वर्षीय ब्रान्डेन भन्‍ने अर्पन गजमेरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी उनको साथबाट मे२ प ८५२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । साथै उनको साथमा रहेका अन्य ३ जनालाई समेत आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहको लालबन्दी नगरपालिका १२ झोलुङ्गे पुलस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । पत्थरकोटबाट जियाजोरतर्फ जादै गरेको ज५ प ६७५८ नम्बरको मोटरसाइकलको चालकले प्रहरी चौकी पत्थरकोटबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नसाथ उक्त मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : २० बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३