एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा | Khabarhub Khabarhub

एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्सेइल– प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन (आईयूसीएन) ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार ३७४ प्रजातिध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप हुने उच्च जोखिममा रहेको शनिबार जानकारी गराएको छ ।

उचित बासस्थानको अभाव, अवैध चोरी शिकारी, र उनीहरूमाथिको अत्यधिक अतिक्रमणका कारण विश्वव्यापी बन्यजन्तुको प्रजाति तथा सङ्ख्यामा विगत केही दशकदेखि यो समस्या आएको हो । यसमा पछिल्ला बर्षहरूमा जलवायु परिवर्तन अर्को प्रत्यक्ष सरकोकारको बिषय बनेको छ ।

‘रेड लिस्ट’ मूल्याङ्कनको लागि गरिएको अनुसन्धानको नेतृत्व गर्ने साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले एएफपीसँग भने, “सम्पूर्ण समूहको संरक्षण स्थिति खस्कँदै गइरहेको छ र लोप हुने खतरा भयावह दरले बढिरहेको छ ।”

विशेषज्ञहरूले निर्धारण गरेका जोखिममा रहेका जनावरको सूचीमा एक हजार २०० सार्क र जलचर प्रजातिहरूमध्ये ३७ प्रतिशत कडा हाड भएका जीव लोप हुने खतरामा रहेका छन् । यो सात वर्षअघिको तुलनामा एक तिहाइले वृद्धि भएको सङ्गठनले जनाएको छ । एएफपी

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : २५ बजे

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक