आईपीएलमा कोलकाता विजयी « Khabarhub

आईपीएलमा कोलकाता विजयी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

दुबईमा आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।

हैदरावादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । नितिस रानाले २५ तथा दिनेश कार्तिकले अविजित १८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । हैदरावादका केन विलियम्सनले २६ रन जोड्दा अब्दुल समादले २५ रन बनाए । प्रियम गार्गले २१ रन बनाए ।

कोलकाताका टिम साउथी, शिबम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए ।

जितसँगै कोलकाता १३ खेलमा १२ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । ४ अंक जोडेको हैदरावाद पुछारमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ४० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर