कतारले परिवर्तन गर्‍यो यात्रा नीति, खोप नलगाएकाले ७ दिन मात्र क्वारेन्टाइन बस्नपर्ने « Khabarhub

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, खोप नलगाएकाले ७ दिन मात्र क्वारेन्टाइन बस्नपर्ने


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ ।

नेपालसहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार प्रवेश गर्दा ७ दिन मात्रै होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, केन्या र सुडानबाट कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई प्रवेश गर्नेहरुले ७ दिन मात्र होटल क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम लागू हुने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो नयाँ नियम बुधबार अर्थात् अक्टोबर ६ तारिखमा लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि खोप नलगाई कतार प्रवेश गर्दा १० दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने नियम थियो ।

यस्तै, कतार भित्र वा बाहिर कतार सरकारले मान्यता दिएको पूर्ण डोज खोप लगाएका व्यक्तिहरुले कतार फर्कदा दुई दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम छ भने ७२ घन्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र साथमा ल्याउनु पर्नेछ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप नलगाएका नेपालीले पनि कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : १० बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२