शाहरुखपुत्र आर्यन हिरासतमा « Khabarhub

शाहरुखपुत्र आर्यन हिरासतमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठ व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेर हिरासतमा राखेको छ । आर्यनमाथि एक क्रुज रेव पार्टीमा सहभागिता जनाएको आरोप लागेको छ । एनसीबीले शनिबार राती मुम्बईमा रेव पार्टी भइरहको एक क्रुजमा छापा मारेको थियो ।

पार्टीमा आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेन्टलगायत सहभागी थिए । एनसीबीले एनडीपीएस एक्ट १९८५ अन्तर्गत रहेर सबैलाई पक्राउ गरेको हो । यद्यपि आर्यन एकदिनको एनसीबी कस्टडीमा छन् । एनसीबीले आर्यनसहित अन्य व्यक्तिसँग कोकिन, चरेस र एमडी जस्ता लागुपदार्थ भेटिएको दाबी गरेको छ ।

आर्यनसहित सबैलाई नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटान्सेज एक्ट(एनडीपीएस)को धारा ८–सी, २०–बी, २७ र ३५ अनुसार कारवाही गरिएको छ । यो धारा अनुसार ड्रग्सको सेवन गर्ने व्यक्तिलाई अधिकतम एक वर्षको जेल सजाय या २० हजार जरिवाना दिने प्रावधान छ ।

आर्यनलाई अदालतमा पेश गरिरहँदा अभियोजन पक्षका वकिल अद्वैत सेठनाले आर्यनलाई दुई दिन एनसीबीको हिरासतमा राख्न माग गरेका थिए । तर अदालतले एकदिनको मात्र मञ्जुरी दिएको थियो । आर्यनका वकिल सतीश माने सिन्देले क्रुमा आर्यनको नाममा क्याबिन बुक नभएको र उनलाई सिट नभएको उल्लेख गरेका छन् । आर्यनसँग बोर्डिङ पास पनि नरहेको वकिलको दाबी छ । उनी साथीहरुको निम्तो मान्न गएको वकिलको भनाई छ । वकिलका अनुसार आर्यनलाई केवल ह्वाट्स एप च्याटको आधारमा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ३३ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण