काबुलमा झडप : तीन आईएस लडाकु मारिए « Khabarhub

काबुलमा झडप : तीन आईएस लडाकु मारिए


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्।

प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन।

कोटल-ए-खैरखाना इलाकामा घन्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन्। उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन्।

यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो।

उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ०८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले