काबुलमा झडप : तीन आईएस लडाकु मारिए « Khabarhub

काबुलमा झडप : तीन आईएस लडाकु मारिए


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्।

प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन।

कोटल-ए-खैरखाना इलाकामा घन्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन्। उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन्।

यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो।

उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ०८ बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान