माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा प्रधानन्यायाधीशको इजलासमा « Khabarhub

माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा प्रधानन्यायाधीशको इजलासमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुन लागेको हो ।

उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै तोकिएको छ।

न्यौपानेले दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने भनि गरेको निर्णय बदर गर्दै पुरक मुद्दा चलाउन माग गरिएको छ।

पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न, लिखित जवाफ झिकाउने र निर्णय झिकाउने आदेश भएको छ।

नेपाल २०६६-२०६७ सालमा प्रधानमन्त्री थिए। भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ४५ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक