खुकुरी प्रहार गरी एक मजदूरको हत्या « Khabarhub

खुकुरी प्रहार गरी एक मजदूरको हत्या


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- जिल्लाको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।

वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए।

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ०८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा