इटालीमा भएको जहाज दुर्घटनामा चालकसहित ८ यात्रुको मृत्यु « Khabarhub

इटालीमा भएको जहाज दुर्घटनामा चालकसहित ८ यात्रुको मृत्यु


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम- इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ ।

सो विमान निजी र सानो रहेको थियो । सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ४५ बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान