छोराका कारण लज्जित बनेका यी फिल्मकर्मी « Khabarhub

छोराका कारण लज्जित बनेका यी फिल्मकर्मी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं पिता छन्, जो आफ्नो छोराको गलत कामका कारण शिर निहुराउन बाध्य छन् । जसमा शाहरुख खानदेखि फिरोज खानसम्म सामेल छन् ।

अभिनेता सलमान खान बलिउडका दिग्गज कथाकार सलीम खानका छोरा हुन् । सलमानमाथि कैयौं मुद्धा चलेका छन् । हिट एण्ड रन’, काला हिरणसहित कैयौं मामलामा अदालतमा मुद्धा चलिरहेको छ । उनका कारण सलिमले कैयौं झण्झटको सामना गर्नु परेको छ ।

दिवंगत अभिनेता सुनील दत्तको जीवनमा पनि यस्तै समस्या आएको छ । सुनीलका छोरा र अभिनेता सञ्जय दत्तले कैयौंपटक जेलको हावा खाइसकेका छन् । सञ्जयबाट प्रहरीले लागुऔषध बरामद गरेको थियो । सञ्जय अवैध हतियार राखेको आरोपमा जेल गइसकेका छन् । जसकारण पिताले निकै बद्नामी झेल्नुपरेको थियो ।

अभिनेता फरदीन खानका पिता फिरोज खान छोराका कारण कैयौंपटक लज्जित हुनुपरेको छ । केही वर्ष अघि फरदीन लागुऔषध दुव्र्यसनी भएका थिए । फरदीनबाट प्रहरीले कोकिन बरामद गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

अभिनेता शाहरुख खानको नाम यो सूचीमा पछिल्लोपटक जोडिएको छ । उनका छोरा आर्यनलाई एनसीबीले एक रेव पार्टीबाट पक्राउ गरेका छन् । एनसीबीका अनुसार उक्त पार्टीमा लागुऔषधको प्रयोग भएको थियो । यसपछि उनलाई अदालतमा पेश गरिएको छ ।

अभिनेता आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोलीको नाम अभिनेत्री जिया खानको आत्महत्या मुद्धामा जोडिएको थियो । जियासँगको सम्बन्धका कारण सुरजले जियालाई आत्महत्याको लागि प्रोत्साहन गरेको आरोप लागेको थियो । यो मामलामा सुरजले जेलको हावा पनि खानु परेको थियो ।

राजकुमार कोहलीका छोरा अरमान कोहली ‘बिग बोस’का कारण चर्चामा आए । अरमान पनि लागुऔषध मामलामा फसिसकेका छन् । लागुऔषध सेवन गरिरहँदा एनसीबीले उनलाई पक्राउ गरेर जेल पठाइएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ४१ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण