छोराका कारण लज्जित बनेका यी फिल्मकर्मी | Khabarhub Khabarhub

छोराका कारण लज्जित बनेका यी फिल्मकर्मी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा यस्ता कैयौं पिता छन्, जो आफ्नो छोराको गलत कामका कारण शिर निहुराउन बाध्य छन् । जसमा शाहरुख खानदेखि फिरोज खानसम्म सामेल छन् ।

अभिनेता सलमान खान बलिउडका दिग्गज कथाकार सलीम खानका छोरा हुन् । सलमानमाथि कैयौं मुद्धा चलेका छन् । हिट एण्ड रन’, काला हिरणसहित कैयौं मामलामा अदालतमा मुद्धा चलिरहेको छ । उनका कारण सलिमले कैयौं झण्झटको सामना गर्नु परेको छ ।

दिवंगत अभिनेता सुनील दत्तको जीवनमा पनि यस्तै समस्या आएको छ । सुनीलका छोरा र अभिनेता सञ्जय दत्तले कैयौंपटक जेलको हावा खाइसकेका छन् । सञ्जयबाट प्रहरीले लागुऔषध बरामद गरेको थियो । सञ्जय अवैध हतियार राखेको आरोपमा जेल गइसकेका छन् । जसकारण पिताले निकै बद्नामी झेल्नुपरेको थियो ।

अभिनेता फरदीन खानका पिता फिरोज खान छोराका कारण कैयौंपटक लज्जित हुनुपरेको छ । केही वर्ष अघि फरदीन लागुऔषध दुव्र्यसनी भएका थिए । फरदीनबाट प्रहरीले कोकिन बरामद गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

अभिनेता शाहरुख खानको नाम यो सूचीमा पछिल्लोपटक जोडिएको छ । उनका छोरा आर्यनलाई एनसीबीले एक रेव पार्टीबाट पक्राउ गरेका छन् । एनसीबीका अनुसार उक्त पार्टीमा लागुऔषधको प्रयोग भएको थियो । यसपछि उनलाई अदालतमा पेश गरिएको छ ।

अभिनेता आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोलीको नाम अभिनेत्री जिया खानको आत्महत्या मुद्धामा जोडिएको थियो । जियासँगको सम्बन्धका कारण सुरजले जियालाई आत्महत्याको लागि प्रोत्साहन गरेको आरोप लागेको थियो । यो मामलामा सुरजले जेलको हावा पनि खानु परेको थियो ।

राजकुमार कोहलीका छोरा अरमान कोहली ‘बिग बोस’का कारण चर्चामा आए । अरमान पनि लागुऔषध मामलामा फसिसकेका छन् । लागुऔषध सेवन गरिरहँदा एनसीबीले उनलाई पक्राउ गरेर जेल पठाइएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ४१ बजे

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि

सनाले गर्यो १३५ नाल हतियारहरू बरामद, भागेका कैदीहरू मध्ये ४३ नियन्त्रण 

काठमाडौं– नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार