न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी « Khabarhub

न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना गर्ने जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद विस्तारमा आफ्नो मान्छेलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भनेर आएको समाचारका सन्दर्भमा सोमबार अपराह्न विज्ञप्ति जारी उक्त चेतावनी दिएको हो ।

प्रधानन्यायाधीशका बारेका आएको समाचार साँचो हो भने न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न भएको नेपाल बारको ठहर छ । यस्तो अवस्थामा न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ४३ बजे

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब